नेप्सेमा हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य समायोजन, आईतबार कतिमा खुल्छ कारोबार ?
प्रकाशित:
१२ भदौ २०८२
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको १२ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय २४ रुपैयाँ १० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ५८ रुपैयाँ ९९ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३२ नगद लाभांश गरी कुल १२.६३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले हिजो बिहिबारसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares