केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्ति आज शपथ सोमबार, अर्थमन्त्रीमा पौडेल !

अर्थकागज
प्रकाशित: २९ असार २०८१
Image description

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार असार ३० गते अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए । प्रधानमन्त्रीको सपथ संगै सोमबार नै अन्य मन्त्रीहरुले पनि सपथ लिने तयारी भइरहेको स्रोतले बतायो । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल बन्ने करिब पक्का जस्तै छ । स्वयम ओलीले नै पौडेललाई अर्थमन्त्री बनाउन चाहिरहेको स्रोतको दाबी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर