हिमालयन रिइन्स्योरेन्सको प्रिमियम आईपीओ आजदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: ०३ मंसिर २०८०
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आज अर्थात मंसिर ४ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ बिक्री खुला गरेको हो । 
कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
 कुलमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गरेको कम्पनीले जनाएको छ ।  २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई,५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले आइपीओ निश्कासनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ । यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।
लगानीकर्ताले आवेदन दिँदा हिमालयन रिइन्स्योरेन्सको महाराजगञ्ज काठमाडौं, एनएमबि क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कायाृलय तथा सिडिएसीबाट निर्माण गरिएको सफ्टवेवर मेरो शेयर र सी आस्वा मार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मंसिर ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 
पहिलो चरणको आईपीओ बाँडफाँडपछि यसपछि सर्वसाधारणमा आइपीओ खुला हुनेछ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।   var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर