केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

अर्थकागज
प्रकाशित: १७ असार २०८२
Image description

काठमाडौं । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

उक्त कम्पनीले १२,५०,००,०००/– रकम बराबरले हुन आउने रु. १००र– का दरले १२,५०,०००/– कित्ता प्राथमिक शेयर निष्काशन गर्न गर्ने भएको हो । 

यसैक्रममा आईपीओ निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा केटिएम हस्पिटालिटी लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मुख्य कार्यालय, काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको उपस्थितिमा सम्पन्न कार्यक्रममा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर