राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त
प्रकाशित:
०८ माघ २०८१
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त भएको छ । कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले त्रिभूवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हासिल गरेका छन् । कम्पनीको सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको थियो। सर्टलिष्टमा सुन्दर पन्थी सहित महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव रहेका थिए । चार प्रतिस्पधीलाई उछिन्दै पन्थी अबको चार कार्यकालको लागि कम्पनीको सिईओ बनेका हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares