पियोर इनर्जीको आईपीओ भर्ने आज अन्तिम मौका
काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (चैत ५) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) का लागि र १ लाख ४४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरेको छ । आयोजना प्रभावितले न्यूनतम १० कित्ता र अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारमा गएकाले भने न्यूनतम १० र अधिकत ७ हजार २०० कित्ताका लागि आवेदन दिन पाइनेछ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याइएको शेयर बाँडफाँट गरी बिक्री नभई बाँकी रहेमा उक्त शेयर सर्वसाधारण समूहमा थप गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
शेर बहादुर बोहरा
1 year ago
Yo mero share maa dekhayana t
शेर बहादुर बोहरा
1 year ago
Yo mero share maa dekhayana t
Shares