शिखर इन्स्योरेन्सको २१ औं साधारणसभाबाट लाभांश पारित, संचालक समितिमा पुन : अमात्य र कार्की निर्वाचित

अर्थकागज
प्रकाशित: २८ पुस २०८२
Image description

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औं बार्षिक साधारणसभा आज शिखर इन्स्योरेन्सको केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८१/ ८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।

साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।

सभाबाट पुन संचालक समितिमा स्कन्द अमात्य र अश्माङ्क कार्की निर्वाचित भएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर