रोकिएको आईपीओ निश्कासनको अनुमति अब बोर्डले भटाभट दिनेछ: सन्तोष नारायण श्रेष्ठ-अध्यक्ष, सेबोन
प्रकाशित:
१० मंसिर २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले विभिन्न कम्पनीको पाइपलाइनमा रहेका आईपीओ निश्कासनको अनुमति दिने बताएका छन् । अर्थ कागज डट कमसँग कुराकानी गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले भने-'पक्रिया पुरा गरेर विभिन्न कम्पनीले आइपिओ निश्कासनका लागि दिइएको आवेदन माथि छानविन गरी भटाभट अनुमति दिनेछौं ।'
विगत १० महिनादेखि नेपाल धितोपत्र बोर्डमा अध्यक्ष विहीन हुँदा ८७ वटा कम्पनीको आईपीओ पाइपलाइनमा रहेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई सेवोनको अध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले नेपाल एक्सप्रेस फाइनान्स तथा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको संस्थापक अध्यक्ष भएर काम गरिसकेका छन् । उनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक भएर काम गरेको पनि अनुभव छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares