ईङवा हाइड्रोपावरको १६ औं बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: १५ पुस २०८२
Image description

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १६ औं बार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा भव्यरुपले सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रगति विवरण छलफल गरी पारिन गरेको छ । त्यसै गरी सभाले लेखा परिक्षण प्रतिवेदन सहितको वासलात नाफा नोक्सान/ हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।

भव्य र सभ्यरुपले सम्पन्न सभाले कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्रबोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायका नियामक निकायहरुमा कार्य गर्न र कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न आवश्यक परेमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष सुमित्रादेवी न्यौपानेले भोलीका दिनमा कम्पनी सेयरधनीलाई प्रतिफल दिने गरी अगाडि बढेको बताएकी छिन् । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले कम्पनीको संचालक र व्यवस्थापनको खुलेर प्रशंसा गरेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर