लगानीको अवसर, ट्रेड टावरले जेठ १४ देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

अर्थकागज
प्रकाशित: ०५ जेठ २०८२
Image description

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने मिति तोकेको छ । कम्पनीले  यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । 

कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।  कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८।६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कास गर्न अनुमति पाएको थियो ।

जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले ३ लाख ९७ हजार १६९।३० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४।६५ कित्ता सामूहिक लगानी कोषलाई र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीमा बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ । 

प्रतिक्रियाहरू

* * * <a href="http://ankhinnovation.com/index.php?4s4ooc">Claim Free iPhone 16</a> * * * hs=3b8f0bcd498a13402498401efc296f31* ххх*

1 year ago

10mix0

* * * Win Free Cash Instantly: http://ankhinnovation.com/index.php?4s4ooc * * * hs=3b8f0bcd498a13402498401efc296f31* ххх*

1 year ago

10mix0

सम्बन्धित खबर