सिटिजन्स बैंकले बोलायो साधारणसभा, पास गर्नु पर्ने एजेण्डाहरु यस्ता छन्
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले असोज २६ गते १७ औं वार्षिक साधारण सभा बोलाएको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थानमा साधारण सभा गर्ने निर्णय गरेको छ । सभाले सञ्चालक समितिले आव २०७९/८० को नाफाबाट प्रस्ताव गरेको ५.७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय पनि भएको जनाइएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares