एमालेकाे समृद्वि यात्रामा कालाे झण्डा देखाउने पाँचजना पक्राउ,कार्यक्रम समापनपछि रिहा

अर्थकागज
प्रकाशित: २६ मंसिर २०८०
Image description

उदयपुरकाे घुर्मीमा एमाले अध्यक्ष ओलीकाे ५ मिनटकाे कार्यक्रमः समृद्वि यात्रामा कालाे झण्डा देखाई अवराेध गर्न खाेज्ने ५ जना पहिचान वादी पक्राउ परेकाछन। तर कार्यक्रम सकिएपछि उनीहरुलाई छाडिएकाे छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली केवल ५ मिनटकाे कार्क्रमकालागि उदयपुरकाे कटारी नगरपालिका १४काे घुर्मी बजारमा ओर्लनु भएकाे थियाे।

घुर्मी बजारस्थित बद्रीनाथ चाैताराे तथा राधाकृष्णा मन्दिरकाे शिलान्यासकालागि गाडीबाट ओर्लनु भएकाे हाे ।

घुर्मी स्थित पुष्पलाल पार्किभित्र बद्रीनाथ चाैताराे र राधाकृष्ण मन्दिरकाे शिलान्यास गर्दै एमाले अध्यक्ष ओलीले जनताकाे चाहना अनुरुप आफू समृद्विकाे यात्रामा सहभागी हुन निस्किएकाे बताउनु भयाे ।सरकनर विकास निर्माणमाभन्दा बढी गफमा लागेकाेले आफू विकासकने कामा जनतालाई सघाउने यात्रामा लागेकाे बताउनु भयाे ।

एमाले अध्यक्ष ओलीले वर्मान सरकारकाे कामबाट जनता निरास भएकाेले जनचाहना पूरा गर्न याे यात्राले सहयाेग गर्ने बताउनु भयाे ।

एमाले अध्यक्ष ओली काेशी प्रदेश प्रवेश गर्न भएपछि पहिचानवादीहरुले कालाे झण्डा देखाउने प्रयनस गर्दा ५ जना पक्राउ परेकाे उदयपुरका प्रमुख जिल्ला अधिकनरी जनार्दन गाैतमले बताउनु भएकाे छ ।

घुर्मीमा एमाले अध्यक्ष ओलीले कुनै मन्तव्य िदनु भएन तर त्यहाँ उपस्थित भएका करीब सात हजारबढी कार्यकर्ता र नेताहरुसँग प्रत्यक्ष भेट गरेर सुनकाेशी पारीकाे ओखलढुङ्गा जिल्लामा पर्ने हर्कपुरमा आयनेजित कार्यक्रममा सहभागी हुन जानू भएकाे छ ।

घुर्मीमा उदयपुर,सालुखुम्बु, ओखलढुङ्गा र खाेटाङ जिल्लाका एमाले नेेताहरुले विकास र समृद्विकालागि मुख्य विषयहरु सहितकाे १२ बुँदे मागपत्र एमाले अध्यक्ष ओली समक्ष पेशलगरेका थिए ।

कार्यक्रम स्थलमा सुरक्षा व्वस्था कडा पारिएकाे थियाे भने काेशी प्रदेशका प्रहरी प्रमुख राव्शनाथ बास्ताेला, उदयपुरका प्रजिअ जनार्दन गाैतम, प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापा नेपाली सेनाका प्रमुख सेनानी सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतका सुरक्षा अधिकारीहरु समेत घुर्मी पुगेका थिए । करीब १५ सयभन्दाबढी सुरक्षा कर्मी परिचालन गरिएकने थियाे। 

प्रतिक्रियाहरू

सम्बन्धित खबर