राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान
प्रकाशित:
१४ पुस २०८१
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २४ गते आफ्नो दोस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनी मंसिर २७ गते बसेको सञ्चालक समितिको चार सय १८ औँ बैठकले काठमाडौं शंखमूलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७३-७४ र २०७४-७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares