सोनापुर मिनरल्सको आईपीओ बुधबार बाँडफाँड !

अर्थकागज
प्रकाशित: २२ असोज २०८०
Image description

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ बुधबार विहान ९ बजे बाँडफाँड हुने भएको छ । 

आईपीओको आइतबार  प्रि-अलोटमेन्ट सम्पन्न भएको थियो । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार भोली अर्थात बुधबार विहान ठिक ९ बजे बाँडफाँडको समय तय भएको छ । आईपीओ बाँडफाँड क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा हुने भएको छ । 

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर