रिलायबल नेपाल लाइफको आईपीओ भर्नु भयो ? आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description


काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने (आज) अन्तिम दिन रहेको छ । आज बैकिङ्ग समयपछि आवेदन दिने समय बन्द हुनेछ । 

कम्पनीले साउन २३ गतेदेखि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रति सेयर २५७ रुपैयाँमा आईपीओ निष्काशन गरेको छ । 

पहिलो चरणमा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेर बाँडफाँट पछ्यात  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले अब दोस्रो चरणमा सर्वसाधरणलाई पनि आवेदन खुला गरेको हो ।   

रिलायबलले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको  जानकारी दिएको छ। जसमध्य १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका ( १०० रुपैयाँ) छुट्याइएको छ। त्यसपछि  सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदनको लागि खुलेको हो।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर