काठमाडौंमा आजदेखि यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८१
Image description

काठमाडौं । मंगलबारदेखि (आज, मंसिर १८) देखि एक हप्तासम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । प्राधिकरणका अनुसार सो कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

१८ गते स्वयम्भू क्षेत्र, १९ गते कलंकीदेखि थानकोट क्षेत्र, २० गते स्वयम्भू क्षेत्र, २१ कलंकीदेखि सोल्टीमोडदेखिसम्म, २२ र २३ गते कालीमाटीदेखि बल्खु चोकसम्मको क्षेत्रमा विद्युत् हुनेछैन । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर