सिईओ पाण्डे पक्राउप्रति नेपाल बैंकर्स संघको चर्काे विरोध, आफ्नो कर्तव्य निर्वाह गर्दा राज्यले धरपकड गरेको आरोप !

अर्थकागज
प्रकाशित: ३० वैशाख २०८३
Image description

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउप्रति नेपाल बैंकर्स संघले विरोध जनाएको छ ।

वाणिज्य बैंकहरूको सीईओहरूको छाता संगठन एनबीएले बिहीबार पूर्ण बैठक बसेर यस विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्शमा पुगेको हो ।

संघले पक्राउको विरोध जनाउने निर्णय गरेको छ ।संघले पहिला सुन्ने अनि थुन्ने नीति नलिएको प्रति असन्तुष्टी जनाएको छ । बाफियाको दफा ५७ अनुसार आफ्नो कर्तव्य निर्वाह गर्दा राज्यको तर्फबाट धरपकड भएको संघको निष्कर्ष छ ।

ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल्दा बैंकर पाण्डे पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीईआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेपछि बैंकिङ क्षेत्र तरंगित बनेको छ । 

जनताको निक्षेप जोगाउँन ऋण असुली गर्दा सीईओ पक्राउ परेको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सेयरधनीहरुले सरकारको चर्काे विरोध समेत गरेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर