यि हुन् नेशनल लाईफ इन्स्योरेन्सका ११ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८१
Image description

काठमाण्ठौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा ११ वटा सेयरधनी रहेका छन् । जसमा व्यक्ति र विभिन्न कम्पनीहरु रहेका छन् । कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार सवै भन्दा धेरै सेयर स्वामित्व सिद्धेश्वर कुमार सिंहको रहेको छ । सिंहको १०.२४ प्रतिशत अर्थात ५१ लख २९ हजार ४६३ कित्ता सेयर रहेको छ । त्यसै गरी राष्ट्रिय बाणिज्य बैंकको १०.१२ प्रतिशत अर्थात ५० लाख ७१ हजार ८४ कित्ता सेयर रहेको छ । त्यसै गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ४.७७ प्रतिशत अर्थात १९ लाख २३ हजार ४०४ कित्ता, रण बहादुर शाहको ५.४४ प्रतिशत अर्थात २७ लाख २५ हजार ५४० कित्ता, रिता मल्लको ४.०४ प्रतिशत अर्थात २० लाख २३ हजार ७९३ कित्ता, प्रेम राज्य लक्ष्मी सिंहको २.५३ प्रतिशत अर्थात १२ लाख ६९ हजार २०८ कित्ता, ईश्वरी प्रसाद रिमालको २.०५ प्रतिशत अर्थात १० लाख २७ हजार १५६ कित्ता, स्लीककोट लिमिटेडको १. ३३ कित्ता अर्थात ६ लाख ६८ हजार ९४४ कित्ता, राजीव विक्रम शाहको १.४८ प्रतिशत अर्थात ७ लाख ४१ हजार ८९७ कित्ता, भरत बहादुर बस्नेतको १.१४ प्रतिशत अर्थात ५ लाख ६९ हजार २९४ कित्ता र जय राज्य लक्ष्मी शाहको १.११ प्रतिशत अर्थात ५ लाख ५६ हजार ५१० कित्ता सेयर स्वामित्व रहेको छ ।

०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी


प्रतिक्रियाहरू

सम्बन्धित खबर