वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्याण्डको सरकारी कम्पनीले १ अर्ब ४२ करोड लगानी गर्ने
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फन्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो (करिब एक अर्ब ४२ करोड) लगानी गरेको छ ।
वर्ल्डलिंकको विद्यमान फाइबर नेटवर्क विस्तार तथा विश्वस्तरीय डेटा सेन्टर सञ्चालनका लागि फिनफण्डले यो लगानी गरेको आज आयोजित कार्यक्रममा जानकारी दिइयो । हो । उक्त कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल र फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक एवं डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्झौतामा हस्ताक्षर गरे ।
फिनल्याण्डका किल्पेलेइनले उक्त अवसरमा भने, 'वर्ल्डलिंकले नेपालका ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा सेवा विस्तार गरेर डिजिटल विभाजन घटाउन काम गरिरहेको छ । फिनफण्डको लगानीले ती समुदायलाई छिटो, किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउने लक्ष्य राखेको छ ।'
Shares