तेह्रथुम पावरको लिलामी सेयर बाँडफाँट, कटअफ मूल्य कति ?
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले साउन २७ गतेदेखि भदौ ३ गतेसम्म ४ लाख १८ हजार ७३८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
कम्पनीको लिलामी सेयरको कटअफ मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ कायम भएको छ । अब कटअफ मूल्य वा सो भन्दा बढि मूल्यमा आवेदन गर्नेहरुले सेयर प्राप्त गर्नेछन् भने सो भन्दा कम मूल्यमा आवेदन गर्नेहरुको रकम भदौ १२ गते विहिबारदेखि कनेक्ट आईपीएस मार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिसेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा जेठ ४ गतेसम्म कायम सेयरधनीले आवेदन दिएका थिए । यसरी रीतपूर्व आवेदन दिने शेयरधनीलाई ३५ लाख ८१ हजार २६२ कित्ता बाँडफाँट गरिएको थियो भने बाँकी रहेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता लिलाली प्रक्रियामार्फत बिक्रीमा ल्याएको थियो ।
Shares