पुँजीबजार चलायमान र सुधारोन्मुख अवस्थामा आएको छः अर्थमन्त्री
प्रकाशित:
२७ मंसिर २०८१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुँजीबजार चलायमान र सुधारोन्मुख अवस्थामा आएको बताएका छन् । समाचार एजेन्सी रासससंगको कुराकानीमा पौडेलले यस्तो दावी गरेका छन् ।
'विदेशी मुद्राको सञ्चिती, भुक्तानी सन्तुलन, विप्रेषण आप्रवाह, बैंकहरुमा तरलताको अवस्था, ब्याजदर जस्ता विषयहरुमा उल्लेखनीय सुधार भएको छ ।' पौडेलले भने 'पुँजीबजार चलायमान र सुधारोन्मुख अवस्थामा आएको छ । लामो सयमदेखि अनिर्णित अवस्थामा रहेको धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति भएको छ ।'
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares