नेपाल नेत्रज्योति संघ गोरखा शाखाको नयाँ कार्यसमिति चयन, सभापतिमा जोशी

अर्थकागज
प्रकाशित: १४ वैशाख २०८३
Image description

गोरखा— नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, गोरखाको हालै सम्पन्न साधारण सभा तथा छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।

वैशाख ११ गते सम्पन्न अधिवेशनमा संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेशका सभापति प्रा.डा. दिलबहादुर क्षेत्रीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।

नव–निर्वाचित कार्यसमितिको सभापतिमा राम बाबु जोशी निर्विरोध निर्वाचित भएका छन्। यस्तै, उपसभापतिमा योगेन्द्र कुमार श्रेष्ठ, सचिवमा लक्ष्मण बाबु आचार्य, कोषाध्यक्षमा श्याम बाबु श्रेष्ठ, सह–सचिवमा मनु देवी अर्याल तथा सह–कोषाध्यक्षमा भाइन्द्र श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा सन्तोषी श्रेष्ठ जोशी, सिताराम तिवारी, सुजन कँवर, सञ्जय अधिकारी, श्याम बाबु जोशी, चन्दन बाबु खत्री र दिपक श्रेष्ठ चयन भएका छन् ।

यसअघि बसेको पहिलो बैठकले पनि पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँड गरेको संघले जनाएको छ । नवनिर्वाचित कार्यसमितिले जिल्लामा आँखा स्वास्थ्य सेवाको विस्तार, समुदायस्तरमा जनचेतना अभिवृद्धि तथा दृष्टि सम्बन्धी सेवामा पहुँच वृद्धि गर्ने लक्ष्यसहित कार्य अघि बढाउने अपेक्षा गरिएको छ ।

नेपाल नेत्रज्योति संघ गोरखा शाखाले विगतदेखि नै जिल्लामा आँखा उपचार, दृष्टि संरक्षण तथा निःशुल्क सेवा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नयाँ नेतृत्वसँगै आगामी दिनमा सेवा थप प्रभावकारी र पहुँचयोग्य बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर