अरुण काबेलीले हकप्रद भदौ ८ देखि जारी गर्ने
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर भदौ ८ गतेदेखि जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । कम्पनीले १ः १ को अनुपातमा अर्थात १ कित्ता साधारण सेयर बराबर १ कित्ता सेयरका दरले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्दैछ ।
यस हकप्रद सेयर प्रयोजनका लागि असार २५ गते बुक क्लोज गरिसकेको छ । अर्थात असार २४ गतेसम्मका सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउनेछन् । भदौ ८ गतेदेखि निश्कासन भएको हकप्रद सेयर भदौ २८ गते बैकिङ्ग समय पश्चात बन्द हुनेछ ।
कप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।
Shares