यो आर्थिक वर्षमा पनि सेयरधनीलाई उच्च प्रतिफल दिन्छौं : नारायण बाबु लोहनी- सिईओ, रिलायबल नेपाल लाइफ

अर्थकागज
प्रकाशित: ०२ असार २०८२
Image description

काठमाडौं । सेयरधनीलाई हरेक वर्ष राम्रो प्रतिफल दिदै आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा पनि उच्च प्रतिफल दिने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण बाबु लोहनीले बताएका छन् ।
सोमबार भव्यरुपले सम्पन्न कम्पनीको आठौं बार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा सिईओ लोहनीले यस्तो बताएका हुन् । कम्पनीले आर्थिक वर्ष २०८०/ ८१ मा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीलाई दिएको थियो । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले संचालक र व्यवस्थापनको काम कारवाहीको प्रशंसा गर्दै यस आर्थिक वर्षमा पनि डबल डिजिटमा लाभांश दिन आग्रह गरेका थिए । सिईओ लोहनीले सेयरधनीको आग्रहलाई आत्मसाथ गर्दै कम्पनीले हरेक बलियो हुँदै गएकोले यस आर्थिक वर्षमा सेयरधनीले राम्रो प्रतिफल दिने प्रतिवद्धता समेत गरेका छन् । लाभांशको संख्या नखुलाएपनि सिईओ लोहनी र कम्पनीको संचालक समितिको अध्यक्ष उदय नेपाली श्रेष्ठको भनाईलाई अनुमान गर्दा कम्पनीले यस आर्थिक वर्षमा १२ देखि १६ प्रतिशत लाभांश दिने सभामा सेयरधनीहरुले अनुमान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर