प्रभु इन्स्योरेन्सको ६ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: १० चैत २०८२
Image description

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु समूहको ६ लाख ८० हजार कित्ता शेयर बिक्री खुला गरेको हो ।

बिक्रीमा ल्याएको उक्त शेयरको न्यूनतम मूल्य भने खुलाइएको छैन । शेयर खरिद गर्ने चाहिने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ११ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय तीनकुने काठमाडौँमा सम्पर्क राख्न सक्नेछन् ।

तोकिएको अवधि भित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नआएको खण्डमा प्रचलित कानुन बमोजिम विद्यमान संस्थापक शेयरधनी बाहेकका अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर