नेप्सेमा ४६.८० लाख कित्ता बोनश सेयर सूचिकृत

अर्थकागज
प्रकाशित: ०३ भदौ २०८२
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४६ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन्।

कम्पनीले २०८२ साल जेठ २५ गते आफ्नो चौथो वार्षिक साधारणसभाबाट पारित कम्पनीको हाल कायम चुक्ता पूँजी १० अर्ब ४० करोडको ४.५ प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव पारित गरेको थियो। सोही बोनस सेयर हाल नेप्सेमा सूचीकृत गरिएको हो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर