हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १० माघ २०८०
Image description

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्ने निणय गरेको थियो माघ १२ र १३ गते नेप्सेमा कारोबार नहुने भएकाले आज माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको तीसौँ वार्षिक साधारण सभा माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर