यी ७ काम सरकारले तत्काल नगरे सेयर मार्केटलाई कसैले बचाउन सक्दैन-नवराज घिमिरे (सेयर विश्लेषक)

अर्थकागज
प्रकाशित: २३ भदौ २०८०
Image description

काठमाडौं । स्टक मार्केटप्रति राज्य नै गैर जिम्मेवार भएको सेयर विश्लेषक नवराज घिमिरेले बताएका छन् । मेरो स्टक मार्केटको १७ बर्षको अनुभवमा साउन र भदौ महिनामा मार्केट घटेको थाहा नभएको घिमिरेले सुनाए । संचार माध्यममा बोल्दै घिमिरेले भने-' अहिले सरकारै गैर जिम्मेवार भएर मार्केट घट्दै गएको हो ।सेयर मार्केटलाई बचाउन न राष्ट्र बैंक लाग्यो, न अर्थ मन्त्रालय लाग्यो, न धितोपत्र बोर्ड लाग्यो, न नेप्से लाग्यो, न त सिडियस लाग्यो ? कोही पनि बचाउँन नलागेकोले यो मार्केट साइट वइजमा गइसक्यो ।'

सरकारले अब १२ करोडको ऋणको सिमा हटाएर मात्रै सेयर मार्केट माथि नजाने घिमिरेले सुनाए । घिमिरेको अनुसार सरकारले सेयर मार्केट बचाउन ७ वटा कुरा तत्काल गरिदिनु पर्छ । ७ वटा कुरा तल यस प्रकारको छ । 

१, बैंकको व्याजदर घटाउनु पर्यो ।

२, सेयर बजारमा मार्केटर मेकर भित्र्याउनु पर्यो ।

३, एनआरएनलाई लगानी गर्ने बताबरण गरिदिनु पर्यो ।

४,प्रिमिय मुल्यमा ल्याइएको आईपीओ बन्द गर्नु पर्छ ।

६, ब्रोकर मार्जिनको सिमा पनि खुला गरिदिनु पर्छ ।

७, क्यापिटल गेन ट्याक्सलाई राज्यले तत्काल घटाउनु पर्छ ।

८, सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउनु पर्छ ।

यी माथिको काम सरकारले तत्काल नगरे सेयर बजारलाई बचाउन सकिदैन ।


प्रतिक्रियाहरू

Shrestha RAJU

2 years ago

Presser दिन कारोबार नै बन्द गर्नु पर्छ कि।

सुधाकरे

2 years ago

४-१२ को सीमा पनि तु. हटाउनु पर्छ।

Prabhu Raj Pandey

2 years ago

Good suggestion

सम्बन्धित खबर