शुभश्री अग्नि सिमेन्टले आइपीओ जारी गर्ने, नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति
प्रकाशित:
०४ असार २०८२
काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २ करोड २ लाख १० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । अ
र्थात, यसले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त आइपीओ बिक्री गर्नका लागि अनुमति मागेको हो । यसमा माछापुच्छ्रे क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares