सेबोनले आईपीओमा म्युचुअल फण्डको कोटा हटाउन समिति गठन गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फण्डहरुले आईपीओमा पाउँदै आएको कोटा हटाउने विषयमा अध्ययन गर्न समिति बनाउने भएको छ ।
बजारमा म्युचुअल फण्डहरुले उद्देश्यअनुरुप कार्य नगरेको भन्दै चौतफि आवाज उठेपछि सेबोनले म्युचुअल फण्डलाई दिदै आएको आईपीओ कोटा हटाउने मुडमा पुगेको हो ।
विभिन्न मिडियामा सेबोनले म्युचुअल फण्डहरुले आईपीओमा छुट्याउदै आएको कोटा बन्द गर्ने भन्ने समाचार आइरहेको छ ।
बजारमा यस्तो समाचार आएपछि अर्थ काजगले सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठलेलाई के म्युचुअल फण्डहले पाउँदै आएको आईपीओ कोटा हटाउन लागेको हो ? भनेर प्रश्न गरेको थियो ।
अर्थ कागजको प्रश्नको उत्तर प्रवक्ता श्रेष्ठले यसरी दिए-'सेबनले म्युचुअल फण्डहरुलाई दिदै आएको ५ प्रतिशतको आईपीओ कोटालाई पुनाराबोलकन गर्न अध्ययन समिति गठन गर्ने भएका छौं । समितिको अध्ययन प्रतिवेदनले के देखाउँछ त्यसपछि सेबोनले निर्णय गर्नेछ । म्युचुअल फण्डहरुले उदेश्य अनुरुपको कार्य गर्न नसेकेको सेबोनको ढम्मै रहेको छ ।' सेबोनले २ महिनाभित्र अध्ययन समिति गठन गरी लिने गरी गृहकार्य गरिरहेको छ ।
लगानीकर्ताहरुले म्युचुअल फण्डहरुले आईपीओमा पाएको कोटा सुविधाको दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् ।
विशेष गरी आईपिओ दोस्रो बजारमा लिष्टिङ भई ओपन रेन्जमा कारोबार खुलेको पहिलो दिनमै बेच्दा बजार घटाउन ठूलो भूमिका खेलेको लगानीकर्ताहरुको आरोप छ ।
Shares