नेपाल एसबिआई बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणः नाफा १.०३ अर्ब नाघ्यो, निष्क्रिय कर्जा तथा कोष लागत घट्यो
प्रकाशित:
१८ माघ २०८२
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार बैंकले रु. १.०३ अर्ब खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५६% को वृद्धि हो । साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ९१ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ पौषको अन्त्यमा २.६४% मा ल्याएको छ । जुन गत वर्षको सोही अवधिमा ३.५५% रहेको थियो ।
त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ पौषको अन्त्यको तुलनामा ४०.२६% ले उल्लेख्य वृद्धि गर्दै रु.७५.६९ करोड बाट २०८२ पौषको अन्त्यमा रु. १०६.१६ करोड पुर्याएको छ ।
बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात (CAR), २०८१ पौषको अन्त्यमा १२.८७% बाट वृद्धि गरि २०८२ पौषको अन्त्यमा १४.१२% पुर्याएको छ । जुन १२५ आधार बिन्दुको वृद्धि हो । बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.५८% बाट घटाएर ४.२३% मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३५ आधार बिन्दुले कम हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares