रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, यहाँबाट हेर्नुहोस् रिजल्ट

अर्थकागज
प्रकाशित: १३ फागुन २०८२
Image description

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।

कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख २३ हजार ९ सय १४ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ३७ हजार ३ सय १ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसबाट १ लाख १८ हजार २६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यहाँबाट हुर्नुहास् रिजल्ट 

प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलको वेबसाईट https://www.prabhucapital.com/ipo-allotment, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर