रिलायबल नेपाल लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: ०१ असार २०८२
Image description

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियक्ति गरेर निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गरेको छ । सभा १५ जना भन्दा बढी सेयरधनीले बोलेका थिए । सभामा सेयरधनीहरुले उठाएका प्रश्नमाथि अध्यक्ष श्रेष्ठ र सिईओ नारायण बाबु लोहनीले जवाफ दिएका थिए । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले कम्पनीले दिने प्रतिफललाई भोलीका आर्थिक वर्षहरुमा पनि निरन्तरता दिन आग्रह गरेका गरेका थिए ।

अध्यक्ष श्रेठले यस आर्थिक वर्षमा पनि सेयरधनीहरुलाई उचित प्रतिफल दिने प्रतिवद्धता जनाउँदै सम्पूर्ण कर्मचारी, सेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर