नेपाल एसबीआई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल एसबीआई बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुष १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजे बोलाएको हो ।
सभामा बैंकले ३.७५% बोनस सेयर र ६.८०% नगद गरी कुल १०.५५% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर २९ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।
तसर्थ, मंसिर २८ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Shares