आजसम्म कायम सेयरधनीले मात्र हिमालयन उर्जाको १०० प्रतिशत हकप्रद पाउने
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आजसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्र हिमालयन उर्जा विकास लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर प्राप्त गर्ने भएका छन् ।
कम्पनीले हकप्रद प्रयोजनाका लागि भोलि असार २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले आज असार १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले असार ७ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रियाहरू
Prakash Tamang
2 years ago
50 Kita share pau
Shares