एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
प्रकाशित:
२९ पुस २०८२
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।
पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares