यी तीन तरिकाबाट हेर्नुहोस् ट्रेड टावरको आईपीओ नतिजा

अर्थकागज
प्रकाशित: ३२ जेठ २०८२
Image description

नबिल आकर्षक रेमिट्यान्स सेवा, ‘क्यूआईबी लाइट’ एपमार्फत अब कतारबाट तुरुन्त नेपाल पैसा पठाउन सकिने

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयरनिष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको थियो।

जस मध्ये कुल २० लाख ५० हजार ३ सय ८८ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस मध्ये गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर, १ जनाले १०.१९ कित्ता सेयर र बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।

यसरि हेर्नुहोस् नतिजा

बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo

सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/

सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login

प्रतिक्रियाहरू

धन सिह महरा

1 year ago

Ipo

Dil bahadur lama

1 year ago

Ram ram

सम्बन्धित खबर