सेयर बजार ५५ अंकले घट्यो
प्रकाशित:
२३ भदौ २०८१
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । ५५ अंकले घटेको बजार परिसूचक २६४६ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ । २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । रोबार रकमका हिसाबले आइतबार सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो । आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares