नेपाल इन्स्योरेन्सको सिईओ बिके महर्जनको तलब/ भत्ता १ करोड ३१ लाख, संचालकको बैठक भत्ता २७ लाख

अर्थकागज
प्रकाशित: १६ चैत २०८१
Image description

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आर्थिक वर्ष २०८०/८१ मा तलब/ भत्ता बापत १ करोड ३१ लाख ९६ हजार ९५ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिईओमा बिके महर्जन रहेका छन् ।

त्यसै गरी यस आर्थिक वर्षमा संचालकहरुले बैठक भत्ता बापत २६ लाख ९३ हजार ९ सय रुपैयाँ बुझेका छन् । त्यसै गरी यस आर्थिक वर्षमा कम्पनीले अन्य पदाधिकारीहरुलाई तलव भत्ता बापत २ करोड ९८ लाख ५३ लाख ९४४ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चैत १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा ७६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यस आर्थिक वर्षमा सेयरधनीलाई १५ प्रतिशतले बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभाश घोषणा गरेको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर