जन्मदिनको अवसरमा बहिनीले दिइन् दिदीलाई जीवन बीमा पोलिसी उपहार
प्रकाशित:
२६ साउन २०८३
काठमाडौं । जन्मदिनको अवसरमा अरु उपहारको साटो जीवन बीमा पोलिसी दिने चलन बढ्दो छ । यसै क्रममा काठमाडौं चक्रपथ निवासी लक्ष्मी बस्नेतलाई उनकी बहिनी कन्चन बस्नेतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसी उपहार दिएकी छन्।
आज मेलुङ थकाली किचेनमा आयोजित जन्मदिन सेलिब्रेसन कार्यक्रममा सो पोलिसी औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। जन्मदिन तथा विशेष अवसर पारेर बीमा पोलिसी उपहार दिने प्रचलन आजकल निकै लोकप्रिय हुँदै गएको देखिन्छ। यसले मायासँगै भविष्यको सुरक्षा पनि जोडिदिन्छ भन्ने सन्देश दिएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares