लघुवित्त पीडितलाई राष्ट्र बैंकको यस्तो आग्रह

अर्थकागज
प्रकाशित: १२ भदौ २०८०
Image description

काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाबाट पीडित हुनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । विशेष गरी लघुवित्त वित्तीय संस्थाका ऋणीहरु धेरै पीडित हुँदै आइरहेका छन् । लघुवित्त वित्तीय संस्थाको ऋणीहरुको संख्या बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले पीडित ऋणीहरुको गुनासो सुनुवाइका लागि छुट्टै डेस्क स्थापना गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरको, तोके भन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैर कानुनी ढङ्गबाट सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको भए नेपाल राष्ट्र बैंकको गुनासो डेक्समा सिधै सम्पर्क गर्न सकिनेछ ।

लघुवित्तका पीडितहरुले पैसा तिर्नु नपर्ने टोल फ्रि नम्वर १८१०५००००२ मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल gunaso.nrb.org.np  बाट वा इमेल gunaso@nrb.org.np मार्फत गुनासो पठाउन सकिनेछ । त्यसै गरी कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गरी सोको यथाचित समाधान गर्ने तर्फ पहल गर्न सम्बन्धित सवै ऋणीलाई राष्ट्र बैंकले आह्वान गरिएको छ ।

सूचना


प्रतिक्रियाहरू

सम्बन्धित खबर