एलआइसी नेपालको नयाँ बीमालेख “जीवन उत्सव बीमा” सार्वजनिक

अर्थकागज
प्रकाशित: ११ भदौ २०८१
Image description

काठमाडौं । एलआइसी नेपाल द्वारा “जीवन उत्सव बीमा” योजना ल्याएको छ । आफ्ना बीमितहरुलाई थप परिस्कृती नयाँ बीमा योजना बुधबार सार्वजनिक गरिएको हो ।कम्पनीले बीमाङ्कको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ सहितको योजना ल्याएको हो । नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम सहित आर्जित बोनस प्रदान गरिने विशेषता भएको जीवन उत्सव योजना एलआईसी नेपालले आज एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।यस बीमा योजना एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सावैजनिक गरे ।कार्यक्रममा नायब कार्यकारी निर्देशक ए दत्ता, सुचना प्रविधि प्रमूख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरुकोसमेत उपस्थिती रहेको थियो ।

उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पारे । यस योजनाले हाल बीमा अवधी नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अबधिसम्म चलाउन मद्दत गर्ने विश्वास रहेको सीईओ कुमारले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर