सेयर लगानीकर्ताका खुसी २४ घण्टा पनि किन टिकेन ?
काठमाडौं । केदि दिन अघिदेखि निरन्तर घटेको सेयर बजार सोमबार ह्वात्तै बढेपछि लगानीकर्ताहरु एकाएक हौसिएका थिए । सोमबार ४४.३० अंकले बजार बढेपछि लगानीकर्ताहरु बजार बढ्ने भयो भन्दै गदगद भएका थिए ।
लगानीकर्ताको त्यो खुसी २४ घण्टा पनि टिकेन । (आज) मंगलबार कारोबार खुलेसँगै घट्न थालेको बजार १९.४२ अंकले घटेर बन्द भएको छ । बजारको बढाईमा किन ब्रेक भैरहेको छ ? अहिले आम लगानीकर्ताको मन उब्जिएको प्रश्न हो ।
हिजो बजार बढेपछि आम लगानीकर्ताले आज पनि बजार बढ्ने अनुमान लगाएका थिए । तर, त्यसो भएन बजार उल्टै दोहोरो अंकले घट्न पुगेको छ । सोमबारको बढाईले लगानीकर्ताले बिर्सिसकेको मेरो सेयरको युजर नेम र पासवर्ड खोज्न थालेका थिए । आजको बजार घटाईले ती लगानीकर्ता आफैले आफैलाई प्रश्न गरेका छन-' सेयरको युजर नेम र पासवर्ड किन खोजेको होला ?' एक दिनको बजार ह्वात्तै बढ्नुले साना तथा मझौला लगानीकर्ताले के बुझ्ने ?
सोमबार पनि बजारमा लगानीकर्ताहरु जलविद्युत समूहमा आकर्षित भएको देखिन्छ । घटेको बजारमा बढ्ने कम्पनीमा अधिकांश हाइड्रोपावरको कम्पनी रहेको छ । आज २७६ वटा कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता किनबेच हुँदा १ अर्ब १३ करोड५० लाख ५७ हजार ५१५ रुपैयाँको कारोबार भएको छ ।
Shares