आईपिओ निष्काशनको तयारीमा रहेको नर्भिक हस्पिटलको बम्पर लाभांश घोषणा
प्रकाशित:
०५ भदौ २०८२
काठमाडौं । आईपिओ निष्काशनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको भदौ ४ गते सम्मपन्न संचालक समिती बैठकले गत आर्थिक बर्षको मुनाफाबाट ४० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश गरी ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित साधाधारण सभा डाक्ने निर्णय गरेको छ ।
कम्पनीको बार्षिक साधारणसभा भदौ २९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा बिहान साढे १२ बजेदेखि सुरु हुनेछ । सभाले आईपीओ निष्कासनका लागि सञ्चालक समितिको निर्णयबाट नियुक्त भएका निष्कासन प्रबन्धकको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares