नेक्सजेन म्यानेजमेन्टको विशेष साधारण सभाबाट १०० करोड पूँजी र पब्लिक लिमिटेडमा परिवर्तन गर्ने प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: २२ वैशाख २०८२
Image description

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा यहि बैशाख २२ गते सम्पन्न भएकोछ। कम्पनीका संचालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा काठमाण्डौं मैतिदेवीमा सभा संचालन भएको थियो ।

 सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्कृय कर्जा र गैर बैंकिंङ्ग सम्पत्ति तिब्र गतिमा बृद्धि भर्रइरहेको तथा सो को न्यूनिकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा बिगतको मौद्रिक निति र हालै सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा आईसकेको जानकारी गराउनु भयो ।

  सम्पत्ती व्यवस्थापनको मूख्य कार्य गर्ने गरी स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पूँजी बृद्धि गर्नु पर्ने तथा बैक बित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई  समावेश गरी कार्य गर्न पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने आवश्यकता रहेको सभालाई अवगत गराउनु भयो ।

 तत्पश्चात सभाले नेक्सजेनको अधिकृत पूँजी एक अर्व, तत्काल जारी पूँजी ५० करोड र कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने गरी प्रवन्धपत्र नियमावलिमा संसोधन गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरियो।

 नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्ष देखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्कृय कर्जा नियमित गर्न, पून संचालन गर्न तथा विक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ । यो कम्पनी पूर्व बैंकरहरू समेतको लगानिमा खुलेको संस्था हो ।

सभाको अन्त्यमा अध्यक्ष अजय कुमार मिश्रले विश्वमा धेरै मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनीले निष्कृय कर्जा व्यवस्थापन गरी बैंक, वित्तिय संस्थालाई सहज पारेको छ । नेपालको सन्दर्भमा पनि यस्तो कम्पनी संचालनको समय आईसकेको र यस्मा नेक्सजेन म्यानेजमेन्टले अग्रणी भुमिका खेल्नुपर्ने बताउनु भयो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर