सोनपुर मिनरल्सको आईपीओ स्थानीयले गरे बहिस्कार !
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले निश्कासन गरेको साधारण सेयर (आईपीओ) स्थानीयावासीले बहिस्कार गरेका छन् । गत साउन २९ गते देखि बिक्री खुला गरिएको यस कम्पनीको आईपीओमा (आज) मंगलबार विहानसम्म ९४ जना आवेदकले मात्र आवेदन दिएका छन् ।
कम्पनीले जारी गरेको कित्ताका अनुपातमा आवेदनको संख्या हेर्दा दयनिय देखिन्छ । कम्पनीले स्थानीयवासीको लागि जारी गरेको आईपीओ यो तालको आवेदनले सवै नबिक्ने पक्का छ ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार अहिलेसम्म ९४ जना आवेदकबाट १० हजार ७५० कित्ताको लागि आवेदन परेको छ । मार्केटमा रियल सेक्टर त्यसमा पनि सिमेन्ट उद्योगको सेयर लगानीकर्ताले बहिस्कार गर्न थालेको प्रष्ट हुन्छ ।
सोनापुर मिनरल्सले स्थानीयका लागि कुल निष्कासित १ करोड २३ लाख दुई सय कित्ता सेयर मध्ये पाँच प्रतिशत हुन आउने १५ लाख ३७ हजार पाँच सय २५ कित्ता सेयर निष्कासन खुला गरेको छ ।
गत साउन २९ देखि खुला गरिएको सेयरमा इच्छुक स्थानीय लगानीकर्ताले आउने भदौ ११ गतेसम्मे आवेदन दिन सक्छन्। त्यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ २६ गतेसम्म आवेदन दिने म्याद थप हुनेछ । कम्पनीले स्थानीय प्रभावित दाङ र रोल्पा जिल्लाका सबैका लागि सेयर जारी गरेको छ ।
किन भरेनन् आईपीओ ?
कम्पनीको विरुद्ध स्थानीयवासीले समय समयमा आन्दोलन गर्दै आइरहेका छन् । कम्पनीले खोलेको सिमेन्ट उद्योगले जिल्लामा वातावरण प्रदूषण बढेको जसले गर्दा स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर गरेको आवाज उठ्दै आइरहेको छ ।
कम्पनीलाई प्रदूषण नियन्त्रण गर्न बारम्बार माग गरेपनि सुनाई नभएको कारण स्थानीयले आईपीओ सेयर बहिस्कार गरेको एक स्थानीयवासीले अर्थ कागजलाई बताए ।थप समाचार अर्काे भागमा
Shares