सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
प्रकाशित:
२० साउन २०८२
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गते आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता सेयरनिष्काशन गर्न लागेको हो ।
यस निष्काशनमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले साउन १२ गते कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares