‘हिमालयन ८०-२०’ म्युचुअल फण्डलाई लगानीकर्ताले गरे बहिस्कार ! बजारमा ७ रुपैयाँमा पाइन्छ किन १० रुपैयाँ हाल्ने ?
काठमाडौं । हिमालयन क्यापिटलले निश्कासन गरेको हिमालयन म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ लाई लगानीकर्ताले बहिस्कार गरेका छन् ।
क्यापिटलले जारी गरेको ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा संस्थागत र व्यक्तिगत दुवै लगानीकर्ताको रोजाइमा पर्न असफल भएको हो । यसको मुख्य कारण हो पुराना म्युचुअल फण्डहरुले लगानीकर्तालाई राम्रो प्रतिफल नदिनु । त्यसै गरी अर्काे दोस्रो बजारमा ‘हिमालयन ८०–२०’ म्युचुअल फण्ड भन्दा राम्रा कम्पनीको सस्तो मुल्यमा पाइने । यि कारणले गर्दा ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा लगानीकर्ताले आवेदन दिएनन् ।
लगानीकर्तालाई अर्थ कागजले सामाजिक सञ्जाल फेसबुकमा ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा आवेदन दिनु भयो ? भनेर सोधिएको प्रश्नमा लगानीकर्ता धुर्वा पाण्डे लेख्छन्- 'दोस्रो बजारमा सवै म्युचुअल फण्डहरु ७ रुपैयाँका दरले पाइन्छ किन १० तिर्नु ? ।'
त्यसै गरी अर्काे सामाजिक सञ्जाल फेसबुकमा सोजो गौले भाई नमस्कार नाम राखी सक्रिय लगानीकर्ता लेख्छन्-' ७ रुपेयामा पाउदा पाउदै किन १० रुपैयाँ हाल्ने ? बिशेष गरि म्याचुअल फण्डमा लगानी गर्नु भनेको त्यो म्याचुअल फण्डका काम नगर्ने कर्मचारीको तलब दिनु हो ।किन फोकटमा तलब दिने ? अझ त्यहाँका कर्मचारीले त आफुले पहिला सेयर किनेका र घाटा लाग्ने देखेपछि जनताको पैसा उठाएर खोलेका म्याचुअल फण्डलाई पो आफ्नै सेयर महङ्गोमा बेच्दारहेछन । कसरी कमाई दिन्छन म्याचुअल फण्डहरुले लगानीकर्तालाई ?' अधिकांश लगानीकर्ताले ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा आवेदन नदिने बताएका छन् ।
आवेदनमा हरिबिजोग !
‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा आवेदन संख्या निकै कम रहेको छ । आवेदन खुलेको ४ दिनसम्म २३ हजार ५१२ जना आवेदकबाट १ करोड ३२ लाख २७ हजार ६ सय इकाई कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीलाई ८ करोड ५० लाख इकाई कित्ता विक्री गर्नु पर्नेछ ।
अझै ७ करोड १७ लाख भन्दा बढी इकाई कित्ता बिक्री गर्नु पर्नेहुन्छ । छिटोमा आवेदन दिने अन्तिम दिन आज (सोमबार) अन्तिम दिन रहेको छ । नबिकेपछि क्यपिटलले आवेदन दिने मिति थपेको छ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुले आईपीओमा पाउँदै आएको कोटा खारेजी गर्ने तयारीसँगै म्युचुअल फण्डप्रति लगानीकर्ता आकर्षित हुन छाडेका हुन् ।
यो पनि पढौं ।
‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड घाटाको सौदा- लगानीकर्ताहरु
हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' लाई गरे संस्थागत र व्यक्तिगत दुवै लगानीकर्ताले बहिस्कार !
प्रतिक्रियाहरू
Dipak Pandey
2 years ago
मैले त भइसके tra थोरै थोरै unit. जे सुकै होस्
Shares