मल्टीपर्पस फाइनान्सको नाफामा १३६ प्रतिशतको उछाल, अन्य अवस्था कस्तो ?


काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा उल्लेख्य बृद्धि देखियको छ ।
असार मसान्तसम्ममा फाइनान्सले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३६.११ प्रतिशतले बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो नाफा ८६ लाख १६ हजार रुपैयाँमा सिमित थियो।
समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ८६.८१ प्रतिशतले बढेर ९ करोड २ लाख रुपैया पुगेको छ भने सञ्चालन आम्दानी पनि २००.१९ प्रतिशतले बढेको छ । चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ६ करोड २९ लाख रुपैयाँ संचित छ ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आएको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी बढेर ५ रुपैयाँ ६ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको नेटवर्थ ११४.५ रुपैयाँ रहेको छ। संस्थाको खराब कर्जा बढेर ४.६० प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ०.८९ प्रतिशत रहेको थियो ।
Shares