नेशनल लाइफ इन्स्योरेन्सका संचालकहरुले बैठक भत्ता मात्रै ४५ लाख बुझे
प्रकाशित:
०४ असार २०८२
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालकहरुलाई बैठक भत्ता बापत ४५ लाख १ हजार ५२७ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०८१ म बैठक भत्ता २८ लाख ३१ हजार र अन्य भत्ता १६ लाख ७० हजार ५२७ रुपैयाँ गरी कुल संचालकलाई उक्त रकम भत्ता कम्पनीले भुक्तानी गरेको हो ।
कम्पनीको संचालक समितिको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंह, संचालक समितिको सदस्यहरुमा भवानी राणा, रथी पवन बहादुर पाँडे, कुलदीप शरण सिंह, सरस्वती अधिकारी, सुमन प्रसाद शर्मा र कुशल मल्ली रहेका छन् ।
प्रतिक्रियाहरू
Dipak Baral
10 months ago
जति भता खाए पनि शेयर होलडर र विमितलाई बोनस बढाउँदै लानुहोस् खर्च मितव्ययिता नियन्त्रण गर्नुहोस्
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares